हाम्रो मिशन भौगोलिक रूपमा विकट ताप्लेजुङ जिल्लाका सम्पूर्ण नागरिकहरूलाई सर्वसुलभ, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्नु हो। उपलब्ध भौतिक पूर्वाधार र जनशक्तिको उच्चतम उपयोग गर्दै, आधुनिक प्रविधि र सेवामैत्री वातावरणमार्फत सुरक्षित मातृत्व, बाल स्वास्थ्य तथा आपतकालीन उपचार लगायतका सेवाहरूलाई विश्वसनीय बनाउँदै समुदायको स्वास्थ्य अवस्थामा सुधार ल्याउन हामी प्रतिबद्ध छौं।