जिल्ला अस्पताल ताप्लेजुङ नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट १५ शैयाको स्वीकृत दरबन्दी प्राप्त प्रादेशिक अस्पताल हो । सरकारी अस्पतालको वर्गिकरणमा यस अस्पताल प्राथमिक अस्पताल ( Primary Hospital ) अन्तर्गत पर्दछ ।

लगभग ३० रोपनी जग्गामा फैलिएको यस अस्पताल भौगोलिक रुपमा विकट ताप्लेजूङ जिल्लाको फुङलिङ नगरपालिका वार्ड नं. ६ मा अवस्थित छ । हाल, प्रदेश सरकार र अस्पताल संचालन र व्यव्स्थापन समितिको श्रोतबाट ३८ शैय्या संचालनमा रहेको छ ।

र्इमर्जेन्सी, इन्डोर, अप्रेशन कक्ष, MCH, O.C.M.C., SSU & Geriatric, SNCU , B.M.E Workshop, Oxygen Plant ,Waste Management Center, Health Insurance & Maternity Waiting Home etc. मार्फत यस अस्पतालले बिरामी र अन्य सेवाग्राहीलार्इ सेवा प्रदान गर्दै आएको छ ।